सरकारले संघीय १० सचिवको दरबन्दी कटौती कटौती गरेर बाहिरबाट झण्डै पाँच दर्जन व्यक्तिलाई सचिवसरहकै नियुक्ति दिने तयारी गरिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित संघीय सरकार अन्तर्गतका १८ वटै मन्त्रालय यतिबेला संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मा तीव्र रूपमा जुटेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यही अभियानअन्तर्गत सचिवको झण्डै १० दरबन्दी कटौती गर्ने गरी उच्च तहमा गृहकार्य अघि बढाइएको यसरी १० जना सचिवको दरबन्दी काटेर चुस्त प्रशासन बनाउन खोजेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।
सचिवहरुको दरबन्दी कटौतीका लागि भन्दै सरकारले प्रधानमन्त्री कार्यालयका सचिव किरणराज शर्माको नेतृत्वमा गठित उच्चस्तरीय कार्यदलमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउत एवं भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेल सदस्य छन्।
सो समितिले अनावश्यक संरचना, निकाय कार्यालय खारेजी गर्ने तयारी भइरहेको छ ।
