बैंककबाट आएका महिलासहित तीन भारतीयको ब्यागेजमा ११ किलो गाँजा

थाइल्यान्डको राजधानी बैंककबाट काठमाडौं आएका तीन भारतीय नागरिकको ब्यागेजबाट ११ किलो २७५ ग्राम गाँजा बरामद गरिएको छ ।

भारतीय नागरिकहरु ५० वर्षीय सिलम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोद आजाद शेख र ३२ वर्षीया महिला जैनब बशिरको ब्यागेजमा उक्त गाँजा फेला परेको बताइएको छ ।

एयर एसियाको उडानमा आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि उनीहरूलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वर पठाइएको छ।

 

 

जनआस्थाबाट साभार