जेरी अन टपले ट्रेलरमै पायो तारिफ

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार

रिलिजको एक साता बाँकी रहँदा सार्वजनिक गरिएको फिल्म जेरी अन टपको ट्रेलरले सामाजिक सञ्जालमा सनसनी मच्चाउन सफल भएको छ।

शुक्रबार युट्युबबाट सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ पहिलो नम्बरमा सूचीकृत हुन सफल भएको हो। युट्यूबको नेपाली चाट्र्समा शीर्ष स्थानमा रहेको यसको ट्रेलर दर्जन बढी देशको उत्कृष्ट १० ट्रेन्डिङभित्र परेको छ। नेपालसँगै नेपालीहरूको बाहुल्यता रहेका देशमा यो ट्रेलरले अग्र स्थान ओगट्दा प्रशंसा पाएको छ।

डिजिटल पार्टनर बूढासुब्बा डिजिटलको युट्यूबमा मात्रै हालसम्म झन्डै ६ लाख पटक हेरिएको ट्रेलरमा २७ हजार बढी लाइक प्राप्त भएको छ।

डेढ वर्षपछि पर्दामा सिल्भर स्क्रिनमा ब्याक हुन लागेका अभिनेता अनमोल केसी अभिनित फिल्मको ट्रेलरमा जोडिएको कलाकारहरूको अभिनय, हिमाली दृश्य, निर्देशन कला, छायांकन, व्याकग्राउण्ड स्कोर, सम्पादनलगायतका पक्षले तारिफ पाएका छन्।

सुयोग गुरुङको निर्देशनमा बनेको फिल्म अनन्या फिल्मस्को ब्यानरमा सरोज न्यौपानेले निर्माण गरेका हुन्।

फिल्ममा अनमोलसंगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे ‘माग्नेबुढा’, सुरक्षा पन्त, उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म आगामी शुक्रबार दर्शकमाझ आउँदैछ।