आजको दिन नेपाली साहित्य कालागि अत्यन्त विशेष दिन हो ।
आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा जन्म भएको हो ।ने
पाली साहित्य अनि वाङमयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । वहाँका अमर कृतीहरुः मुना(मदन, कुञ्जीनि, शाकुन्तलजस्ता कृतीहरूले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन
मुनामदनको यी श्लोक उति बेला पनि नेपाली समाजमा समानता र विभेद विरोधी सामाजिक न्यायको बिगुल स्वरूप महाकवि छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छ, उति बेलाको नेपाली समाजकालागि यो एउटा ठुलो क्रान्ति नै हुनुपर्छ । शायद यही कारणले गर्दा होला उनको लेखनको चर्चा विभिन्न अन्तर्राष्ट्रिय लेखकहरूले पनि दिल खोलेर गरेका छन् ।
तिन महिनामा शाकुन्तल काव्य लेख्न सक्ने, १० दिनमा सुलोचना लेखेर भ्याउने र एक दिनमा कुञ्जिनी लेखेर भ्याइदिने देवकोटा उनै हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आजकै दिन अर्थात् लक्ष्मीपूजा कै दिन जन्म भएको हो ।
यसैबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई औपचारिक संग्रहालयका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मा लगाउनुपर्ने बताएका छन् ।

हाम्रो पात्रोबाट साभार
