निर्वतमान ऊर्जामन्त्री दीपक खड्का सार्वजनिक

निर्वतमान ऊर्जामन्त्री दीपक खड्का सार्वजनिक भएका छन्।

आज सोमबार बिहान खड्काले जेनजी आन्दोलन क्रममा जलेको बूढानीलकण्ठस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गरेका हुन्।

पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म विदेश भागेको छैन ।’

भदौं २३ गते जेनजिको आन्दोलनसँगै हराएका खड्का पैसा सहित विदेश भागेको आरोप लागेको थियो ।