चितवनको भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति २ बजेतिर भरतपुर महानगरपालिका-१० एयरपोर्ट नजिकै बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर पल्टिँदा उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका-२१ बस्ने वर्ष २५ वर्षीय सन्दिप घिमिरे र स्कुटरको पछाडि सवार सोही ठाउँका २८ वर्षीय कुशल अर्याल रहेका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा आज बिहान मृत्यु भएको हो।
तीव्र गतिको कारण स्कुटर दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
