मतदाता नामावलीमा सूचीकृत हुने अभियानमा क्रियाशील हुनू-गगन विश्व

  • Clock icon
    २०८२ कार्तिक ७, शुक्रबार

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मतदाता नामावलीमा सूचीकृत हुन मातहतका संरचनालाई परिपत्र गरेका छन्।

थापा र शर्माले पार्टी मातहतका संरचनालाई युवा उमेरसँग छलफल गर्न पनि निर्देशन दिएका छन्। त्यस्तै उनीहरूले युवाहरूलाई नै मतदाता नामावलीमा सूचीकृतका लागि अभियान चलाउने कार्यक्रम सुरु गर्न पनि भनेका छन्।

सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेको छ।

यसका लागि निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ताका लागि समय तोकेको छ।

यसका लागि छठलगत्तै नयाँ मतदाता दर्ता अभियान चलाउन तल्लो कमिटीलाई उनीहरूले निर्देशन गरेको बुझिएको छ।

उनीहरूले प्रदेशदेखि वडा तहसम्मका संरचनालाई परिपत्र गर्दै यसमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन्। महामन्त्रीद्वयले जिल्ला कार्यसमितिको बैठक तत्काल राखेर टिम परिचालन गर्न पनि भनेका छन्।