काठमाडौं। गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन पछि पहिलो पटक संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ । बिहीबार सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बसेको हो । बैठकमा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम सम्बन्धमा छलफल हुने छ ।

