बङ्गालको खाडीबाट उठेको ‘मोन्था’ चक्रवातका कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै छ । आजदेखि मौसममा थप सुधार हुने मौसमविद्हरुको पूर्वानुमान छ । हाल देशभरि सामान्यतया मौसम बदली भएको छ । काठमाडौं उपत्यकाको आकाशमा सामान्य बादल देख्न सकिन्छ । आज पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।



