गएको साता समग्रमा ९६.५३ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि उचाइतर्फ नै लागेको छ।
आइतबार ३०.७५ अंकले बढेर बजार २६३१.१४ बिन्दुमा पुगेको छ।
२०५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ अर्ब २० करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ। ४२ कम्पनीको सेयर मूल्य घटेको छ।
गएको साता पहिलो कारोबारमा आइतबार ५.१९ अंकले बढेको बजार दोस्रो कारोबारमा मंगलबार ६२.२९ अंकले बढेको थियो। बुधबार ५.१७ अंकले घटेको बजार बिहीबार ३४।२२ अंकले बढेर २६००.३८ बिन्दुमा उक्लिएको थियो।
आउँदो चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्।
सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता विस्तारै विश्वस्त देखिन थालेका छन्।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।
गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२।०८ बिन्दुसम्म पुगेको थियो।
गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने विश्लेषकहरू बताउँछन्।
बजारले नयाँ उचाइ भेट्न मुस्किल भइरहँदा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण ुस्टप लस हन्टु गरे।
कम्पनीगत रुपमा आज साना भोल्युमका लघुवित्त र जलविद्युत कम्पनीहरुमा लगानीकर्ताले खरिदमाग बढाएका हुन्।
