न्युयोर्कको मेयर पदमा जोहरान मम्दानीको विजयले सहरका अर्बपतिहरूको कठिनाइ बढाएको छ।
जे.एल.पार्टनर्सको सर्वेक्षणअनुसार ९ प्रतिशत न्युयोर्कवासी अर्थात् लगभग ७ लाख ६५ हजार मानिसले सहर छाड्न सक्छन्।
यो मुख्यतया धनीहरूमा थप कर लगाउने मम्दानीको नीतिका कारणले हो। उनले चुनावअघि धनी र ठूला निगमहरूमा नयाँ कर लगाएर ९ अर्ब उठाउने वाचा गरेका थिए।
यसैबीच टेक्ससका रिपब्लिकन गभर्नर ग्रेग एबटले चुनावअघि मम्दानीको विजयपछि न्युयोर्कका मानिस टेक्सस आए उनीहरूलाई १०० प्रतिशत कर लाग्ने चेतावनी दिएका थिए।
न्युयोर्कमा बुधबार भएको मेयरको चुनावमा जोहरान मम्दानीले पूर्वगभर्नर एन्ड्रयु कुओमोलाई हराएका हुन्।
मम्दानी पछिल्लो १०० वर्षमा न्युयोर्कका सबैभन्दा कान्छो, पहिलो भारतीय-अमेरिकी तथा पहिलो मुस्लिम मेयर हुन्।
न्युयोर्क मियर मम्दानी:विश्वव्यापी बधाई
