सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कुल सम्पत्तीमा आर्थिक वर्ष २०८१/८२ मा १०.१९ प्रतिशत वृद्धि भएको छ। बैंकको बार्षिक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा कुल सम्पत्ती रु २२२ अर्ब ६८ करोड २२ लाख ३१ हजार रहेकोमा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा रु २४५ अर्ब ३८ करोड २९ लाख ६६ हजार पुगेको छ।
त्यसै गरी बैंकको निक्षेप संकलनमा पनि उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा बैंकले रु १९१ अर्ब ६७ करोड ४६ लाख ७१ हजार निक्षेप संकलन गरेकोमा, आर्थिक वर्ष २०८१/८२ मा ११.६९ प्रतिशत वृद्धि हुँदै रु २१४ अर्ब ८ करोड १९ लाख ५२ हजार निक्षेप संकलन गरेको छ।
यसमा ग्राहकको निक्षेप रु २११ अर्ब ५० करोड ७ लाख ९३ हजार रहेको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप रु २ अर्ब ५८ करोड ११ लाख ५८ हजार रहेको छ।
बैंकको कुल निक्षेप संरचना यस प्रकार रहेको छ:
-
चल्ती निक्षेप: ५.३२ प्रतिशत
-
बचत निक्षेप: ३४.२६ प्रतिशत
-
मुद्धती निक्षेप: ५१.८३ प्रतिशत
-
मागेको बखच तिर्नुपर्ने निक्षेप: ८.०५ प्रतिशत
यस प्रतिवेदनले बैंकको वित्तीय मजबुती र ग्राहक विश्वास दुवैमा वृद्धिको संकेत दिएको छ।
