पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको हत्या भएको दाबी गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इमरानको परिवारलाई विगत तीन हप्तादेखि उनीसँग भेट्न दिइएको छैन। उनलाई भेट्न जेल पुगेका उनकी दिदीबहिनीहरूलाई प्रहरीले दुर्व्यहार गरेर निकालेको आरोप छ । साथै इमरानको स्वास्थ अवस्थाबारेपनि कुनै जानकारी दिइएको छैन ।

यस घटनापछि इमरानको पार्टी पीटीआईका हजारौँ समर्थक रावलपिन्डीमा भेला भई धर्ना दिइरहेका छन् । साथै इमरानको स्वास्थ अवस्थाबारे जानकारी मागिरहेका छन्।
यदि इमरान स्वस्थ भए अदालतले अनुमती दिँदा पनि प्रहरीले किन भेट्न नदिएको भन्दै उनीहरुले जवाफ मागेका छन् ।

बलुचिस्तानको परराष्ट्र मन्त्रालयले इमरानको हत्याबारे विभिन्न सञ्चारमाध्यममा खबर आएको भन्दै प्रशासनलाई चेतावनी दिएको छ ।

मन्त्रालयले एक ट्वीट गर्दै भनेको छ, ” रिपोर्टहरू आइरहेका छन् कि पंजाबी पाकिस्तानका हिरासतमा रहेका इमरान खानलाई असीम मुनीर र उनको आईएसआई प्रशासनले मारेको धेरै समाचार आउटलेटहरूमा भनिएको छ । यदि यो जानकारी सत्य भएको पुष्टि भयो भने, यसले आतंकवादी पाकिस्तानको पूर्ण अन्त्यलाई संकेत गर्दछ। यसको अन्तिम बाँकी रहेको वैधताको पतन सत्य संसारमा पर्दाफास हुने बित्तिकै सुरु हुनेछ।”

Reports are now surfacing from inside the prisons of PUnjabi Pakistan that Imran Khan