सुजुकी मोटरसाइकल नेपालले आफ्ना लोकप्रिय एडभेन्चर मोडेल भी–स्ट्रोम एसएक्स का दुई नयाँ आकर्षक रङ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले बजारमा उपलब्ध गराएका नयाँ कलर विकल्पहरू यस प्रकार छन्—
-
पर्ल फ्रेश ब्लु + ग्लास स्पार्कल ब्ल्याक
-
पर्ल ग्लेसियर ह्वाइट + मेटालिक म्याट स्टेलर ब्लु
यी नयाँ रंगले मोडेललाई अझ आधुनिक र दमदार बनाएको कम्पनीले बताएको छ।
भी–स्ट्रोम एसएक्स नेपालमा उपलब्ध सबैभन्दा किफायती २५० सीसी जापानी एडभेन्चर मोटरसाइकल मानिन्छ, जसले मिश्रित सवारी परिस्थितिमा ४० केएमपीएलसम्मको माइलेज प्रदान गर्छ।
एडभेन्चर सेग्मेन्टलाई ध्यानमा राखेर निर्मित यो मोटरसाइकल हल्का अफ–रोड ट्रेल, ग्रेवल रोड तथा असमान भू–भागमा सहजै चलाउन मिल्नेगरी डिजाइन गरिएको छ।
सामान्य अफ–रोड बाइकमाजस्तो सानो सीट वा अत्यधिक लम्बा सस्पेन्सन नदिइएकोले हाईवेमा असहज हुने समस्या पनि यसमा छैन। उल्टै, यसले उत्कृष्ट स्थिरता, सन्तुलन र लामो यात्रामा आरामदायी अनुभव प्रदान गर्ने क्षमता राख्छ।
सहरी सडक, ग्रामीण बाटोदेखि लामो दूरीका यात्रासम्मका लागि सन्तुलित र विश्वासिलाे विकल्प बनेको भी–स्ट्रोम एसएक्सले नेपाली बजारमा एडभेन्चर बाइकरूको रोजाइ अझ बढ्ने अपेक्षा गरिएको छ।
