नेपाली बजारमा लगातार बढ्दै आएको सुनको मूल्य बिहीबार भने केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रूपैयाँले कम भएर २ लाख ४८ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ।
बुधबार भने सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेर २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको थियो। लगातारको वृद्धि बीच आज आएको मूल्य समायोजनले बजारमा सामान्य राहत महसुस भएको छ।
त्यस्तै, आज चाँदीको मूल्य भने उकालो लागेको छ। बुधबार ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले बढेर ३ हजार २८० रुपैयाँ कायम भएको छ।
