सहकारी ठगी र संगठित अपराध अभियोगसँग सम्बन्धित रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज पनि स्थगित भएको छ।
३ नं इजलासका न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको इजलासमा सुनुवाइ हुनु पर्ने थियो। तर रवि लामिछानेका कानूनी प्रतिनिधिहरूले सुनुवाइ स्थगित गर्न निवेदन दिएको कारण आजको पेशी स्थगित भएको हो।
रवि लामिछानेले बिगोबमोजिम रकम बुझाइ थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै जिल्ला अदालतको आदेशपछि पनि उच्च अदालतमा निवेदन दिएका थिए। यसअघि पनि अघिल्लो बिहीबार पाटन उच्च अदालतमा पेशी परेको र रविका कानूनी प्रतिनिधिले बुटवल इजलासको सुनुवाइ स्थगित गर्न निवेदन दिएको थियो।
