नेप्से ३.०२ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

यो साता आइतबार २१.४८ अंकले घटेको शेयर बजार आज सोमबार पनि सामान्य ओरालोतिर लागेको छ।
आज नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ बिन्दुमा झरेको हो।

आजको कारोबारमा ३ सय ३१ कम्पनीको १ करोड १ लाख ४६ हजार ४ सय कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ।
यो कारोबार रकम पछिल्ला केही दिनयताको तथ्यांकअनुसार कम हो। आइतबार ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार ३ सय ३१ रुपैयाँको कारोबार भएको थियो।

आज क वर्गका कम्पनीको सेन्सेटिभ इण्डेक्स ०.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१७ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले घटेको छ।
आजको कारोबारमा चार कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।