सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन् ।
दुई टीमबीचको खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अपराह्न ४ बजेदेखि शुरू हुनेछ ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।
लुम्बिनीले इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ ।
लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो ।
आज विजयी हुने टोली फाइनलमा पुग्ने छ ।
विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ । फाइनल खेल आगामी शनिबार हुनेछ ।
