कारोबारको पहिलो दिन पनि शेयर बजारमा निराशा

शेयर बजारमा कारोबार हुने साताको पहिलो दिन आज आइतबार गिरावट आएको छ। आज नेप्से १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा झरेको हो।

यद्यपि ४ अर्बको कुल किनबेच भएको छ । लगानीकर्ताले १ करोड १२ लाख बढी कित्ता सेयर बिक्री गर्दा आइतबार यो परिमाणमा कारोबार भएको हो।

यस दिन ५६ वटा सेयरको मूल्य बढे पनि १ सय ९७ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। आज स्वस्तिक लघुवित्तको १० प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले १९२।३० रुपैयाँ कमाएका छन् भने एसवाई प्यानल नेपालको पनि ९.९८ प्रतिशतले बढ्दा लगानीकर्ताले ३८.६० रुपैयाँ प्रति शेयर आम्दानी गरेका छन्।

अन्य शेयर उच्च दरले बढेका छैनन्। गिरावट आएका शेयरमा सिटी होटलका शेयरधनीले ६.२६ प्रतिशत गुमाएका छन् भने बाँकीले कम दरमा गुमाएका छन्।

आज कुमारी बैंकको प्रमोटर सेयर २६ करोडको कारोबार भएको छ। बाँकी शेयर कारोबार उल्लेख्य रुपमा भएको छैन।