लोकदोहोरी प्रतिष्ठान नेपालकी अध्यक्ष तथा चर्चित लोकदोहोरी गायिका रीता थापामगरलाई नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ ।
कांग्रेस धादिङ २ ले थापामगरसहित ८ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको हो भने प्रत्यक्षतर्फ ११ जनाको नाम पठाएको छ ।
लोकदोहोरी प्रतिष्ठान नेपालकी अध्यक्ष समेत रहेकी थापा लामो समय देखि कलाकारितामै व्यस्त छिन् ।
उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी वर्तमान केन्द्रीय अध्यक्ष पनि हुन् । माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
