धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज ९शनिबार० पहिलोपटक राजनीतिक सम्बोधन गर्ने भएका छन्।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानले आज बिहान ११ बजे चितवनको भतरपुरस्थित चौबीसकोटी भन्ने स्थानमा सम्बोधन गर्ने भएका हुन्।
सभापति रवि लामिछानेको विशेष साथै छोटो सम्बोधनको कार्यक्रम छ।
यसपछि लामिछाने दिउँसो १५० को बुद्ध एयरको विमानबाट काठमाडौँ आउने जानकारी पनि रास्वपाले दिएको छ ।
आजै काठमाडौँ आएर जेनजी आन्दोलनका सहिदका परिवार तथा घाइतेहरूलाई भेट्न सुरुवात गर्ने कार्यक्रम पनि छ ।
यसैगरी भोली आइतबार दिउँसो ३ बजे सभापति लामिछानेलाई वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरस्थित नक्खु कारागारमा रहेका लामिछाने उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले बिहीबार दिएको आदेशअनुसार शुक्रबार जिल्ला अदालत रुपन्देहीमा पौने ४ करोड धरौटी बुझाएर रिहा भएका हुन्।
