नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रूपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ १८ पैसा र बिक्रीदर ९६ रूपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रूपैयाँ ८७ पैसा र बिक्रीदर १०५ रूपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ७४ पैसा र बिक्रीदर ११२ रूपैयाँ २० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १७ पैसा र बिक्रीदर नौ रूपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ४८ पैसा र बिक्रीदर २० रूपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ २५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रूपैयाँ ५२ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६२ पैसा र बिक्रीदर चार रूपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रूपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ९३ पैसा र बिक्रीदर नौ रूपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६४ पैसा र बिक्रीदर १५ रूपैयाँ ७० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ६२ पैसा र बिक्रीदर २२ रूपैयाँ ७२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ४६ पैसा र बिक्रीदर १८ रूपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ४६८ रूपैयाँ ९२ पैसा , बहराइन दिनार एकको खरिददर ३८० रूपैयाँ ३६ पैसा र बिक्रीदर ३८१ रूपैयाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३७४ रूपैयाँ २० पैसा रहेको छ । यस्तै,भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
