राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह तथा उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङबीच भेटवार्ता जारी छ।
हिजो आइतबार राति ९ बजेदेखि तीनै जना नेता पार्टी एकताका लागि निर्णायक छलफलमा जुटेको रास्वपाका एक नेताले जानकारी दिएका छन्।
अस्ति शनिबार भएको त्रिपक्षीय वार्ताबाट कुलमान बाहिरिएपछि रवि र बालेनबीच सहमति भएको थियो।
अब कुलमान समेत रवि–बालेन टिमसँग एकता गर्ने प्रयास स्वरुप छलफल भइरहेको हो।
रवि–बालेनसँगको वार्तामा निष्कर्षमा नपुगेपछि मन्त्री घिसिङले हिजै प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मासँग वार्ता गरेका थिए।
