शेयरयरबजारमा दोस्रो कारोबार दिन आज १०.५३ अंकले घटवा आएको छ ।
आज शेयर बजारमा ४७ अंकभन्दा बढीको वृद्धि
नेपाल स्टक एक्सचेन्जका अनुसार हिजो आइतबार ४७.५५ अंकले बढेको बजार आज सोमबार दोहोरो अंकले घटेर २६२२.८८ विन्दुमा पुगेको हो।
यस दिन ४ अर्ब ७७ करोडको कारोबार भएको छ। कुल १ करोड कित्ता बिक्रीपछि यो परिमाणमा खरिदबिक्री भएको हो। कारोबारमा ८५ वटाको मूल्य बढ्दा १६५ वटाको घटेको छ भने नौवटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
बढेकामध्ये आज एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको शेयर ८० रुपैयाँले बढेको छ। त्यसैगरी ग्लोबल आईएमई समुन्नत योजना २ का लगानीकर्ताले पनि प्रतिकित्ता ०.९२ रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सय रुपैयाँ कमाउँदा सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले ५२.४० रुपैयाँ र ग्रिन डेभलपमेन्ट बैंकका शेयरधनीले ६५ रुपैयाँ आर्जन गरेका छन्।
आज पनि विन नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ। यो गिरावटसँगै शेयरधनीले १६६.२० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। यसबाहेक अन्य सेयरहरु भने अधिकतम ३.८३ प्रतिशतसम्मले घटेको नेप्सेले उल्लेख गरेको छ।
कारोबारमा आज एसवाई प्यानल अगाडि छ। कम्पनीको २३ करोडको कारोबार भएको हो। यसबाहेक मञ्जुश्री फाइनान्स १७ करोड, शिवम् सिमेन्ट १३ करोड, ङादी ग्रुप पावर १२ करोड र हिमालयन रिइन्स्योरेन्सको १० करोडको कारोबार भएको छ।
