बुद्ध एयरको विमान झापाको भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको छ।

आज शुक्रबार केहिबेर अघि काठमाडौँबाट यात्रु लिएर गएको विमान अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको हो ।
‘विमान अवतरण गर्ने क्रममा चिप्लिएर २०० मिटर पूर्वतर्फ सानो खोल्सामा पुगेको छ। यात्रुहरुको उद्धार गरिरहेका छौँ। अहिलेसम्म कुनै मानवीय क्षती छैन। विमानमा पनि ठूलो क्षति देखिएको छैन’, झापा प्रहरीले जनाएको छ ।
विमानस्थलका अनुसार आज राती सवा ९ बजेतिर झापाको भद्रपुरमा विमान अवतरण गरेको थियो।
थप विवरण आउन बाँकी छ ।

