मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना ६ जनाको मृत्यु

मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको मृत्यु भएको छ।

हिजो आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा सुमो गाडी दुर्घटनामा घाइते भएका मम्ये ६ जनाको मृत्यु भएको मकवानपुरका प्रहरीले जनाएका छन् ।

काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेको थियो।

मृतकहरुको पहिचान खुल्न बाँकी छ।

सुमोमा सवार अन्य ३ जनाको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ ।