संघीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।
समितिको बैठक बुधबार बिहान ११ः३० बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ। यसका साथै बैठकमा विविध विषयमा पनि छलफल गरिने जनाइएको छ।
