भेनेजुएलाका दुई तेल ट्यांकरमा अमेरिकाको जफत, एउटामा रुस

अमेरिकाले भेनेजुएलाका दुई तेल ट्यांकर जफत गरेको जनाएको छ।

दुईमध्ये एउटा जसमा तेल नभएको रिपोर्ट गरिएको भएपनि उत्तरी एट्लान्टिक महासागर आइसल्यान्ड र बेलायतको बीचमा रहेको र सो जफत गरिएको हो । मारिनेरा नामक जहाजमा रुसी झण्डा फहराइएको सीएनएनले जनाएको छ ।

रुसको विदेश मन्त्रालयले अमेरिकालाई मरिनेरामा रहेका रुसी नागरिकहरूसँग मानवीय र निष्पक्ष व्यवहारु सुनिश्चित गर्न माग गरेको छ।

मन्त्रालयले अमेरिकाले रुसमा उनीहरूको छिटो फिर्तीमा बाधा नपुर्‍याउनु भनेको छ।

भेनेजुएलाको तटमा रोकेपछि अमेरिकी तटरक्षकले धेरै हप्तादेखि जहाज पछ्याइरहेको थियो। रिपोर्टहरूले ट्यांकरले आफ्नो नाम परिवर्तन गरी रुसी झण्डा फहराएको संकेत गरेका छन्।

ट्यांकर उद्धार गर्न पनडुब्बीसहित रुसी सैन्य सहयोग गएको रिपोर्ट पनि छ, तर त्यसअघि नै ट्यांकर कब्जा गरिएको हो ।

तेल बोकेको र क्यामरुनियन झण्डासहित यात्रा गरिरहेको दोस्रो ट्यांकर क्यारिबियन सागरमा कब्जा गरिएकोमा दुईमत छैन ।