आज अमेरिकी डलरको मूल्य बढ्यो

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य बढेको छ। तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा थियो।

यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा छ। हिजो युरो १ को खरिदर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४८ पैसा थियो।
अमेरिकी बढ्यो, युरो, पाउन्ड घट्यो

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ २७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ०८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ३२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ७५ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ३२ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।