क्यान फेडेरेसनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी (CEO, One Cover) र सुरक्षा अधिकारी (COO, Thulo.com) ले ई–कमर्स निर्देशन २०८२ का लागि नेपाल उद्योग परिसंघ (FNCCI) लाई प्रविधिमैत्री र व्यवसायमैत्री सुझावहरू पेश गरेका छन्।
यस सुझावले नेपालको डिजिटल व्यापार क्षेत्रलाई सुरक्षित, सरल र नवप्रवर्तनशील बनाउन केन्द्रित छ। प्रस्तावित संरचना “Secure Growth” सिद्धान्तमा आधारित छ, जसमा सुरक्षा (Security), सरलता (Simplicity) र सार्वभौमिकता (Sovereignty) लाई मुख्य स्तम्भका रूपमा राखिएको छ।
मुख्य सिफारिसहरू:
-
सुरक्षा: राष्ट्रिय न्यूनतम सुरक्षा मानक (NMSS) तय गरेर डेटा सुरक्षा सुनिश्चित गर्ने। दर्ता भएका प्लेटफर्मलाई “Trust Seal” दिने।
-
सरलता: एकै झ्यालबाट दर्ता प्रणाली (Single-Window Registration)। PAN, VAT र OCR विवरण स्वचालित समिकरण।
-
सार्वभौमिकता: डेटा स्थानीय रूपमा राख्ने प्रोत्साहन, स्थानिय Tier-3 डाटा सेन्टरमा डेटा होस्ट गर्न कर छुट।
अन्य सिफारिसहरूमा सुरक्षा सञ्जाल र जिम्मेवारी सन्तुलन, डिजिटल भुक्तानी प्रोत्साहन, SME का लागि ९०-दिनको प्राविधिक सहायता अवधि, घरमै आधारित व्यवसायको प्रदर्शन, र अपराधी कारबाहीको सट्टा वर्गीकृत आर्थिक जरिवाना समावेश छन्।
CAN फेडेरेसनले हालको ३५ दिनको दर्ता समयलाई ९० दिनमा बढाउन, र साना डिजिटल भुक्तानीमा शुल्क छुट दिने सुझाव पनि राखेको छ। यसले व्यवसायलाई नयाँ नियमसँग अनुकूल हुन सजिलो बनाउनेछ।
अन्तर्राष्ट्रिय भुक्तानी र बजार पहुँच:
सिफारिस अनुसार, क्रस–बोर्ड डिजिटल भुक्तानीलाई कानूनी मान्यता दिने, र यसका लागि MoICS, NRB, CAN Federation, npCERT, CSRI नेपाल र निजी क्षेत्रका साझेदारहरूसँग कार्यसमूह गठन गर्ने प्रस्ताव राखिएको छ।
FNCCI ICT विकास समितिका अध्यक्ष शक्तिकुमार बेगानीले भने, “CAN फेडेरेसनका सुझावहरूले नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक आवश्यकतालाई प्रतिबिम्बित गर्छन्।” सह-अध्यक्षले पनि चिरञ्जीवी अधिकारीको नेतृत्व र सिफारिसको समयोपयुक्त र रचनात्मक योगदानको प्रशंसा गरेका छन्।
