नबिल बैंकको संचालक समितिको अध्यक्षमा निर्वाण कुमार चौधरी चयन भएका छन्। सोमबार सम्पन्न संचालक समितिको बैठकले उपेन्द्र प्रसाद पौडेको कार्यकाल समाप्त भएपछि चौधरीलाई अध्यक्ष पदमा चयन गरेको हो।
सोही दिन बैंकको ४१ औं वार्षिक साधारण सभा पनि सम्पन्न भयो। सभाले १२.५० प्रतिशत लाभांश सहितका सबै प्रस्ताव पारित गरेको बैंकले जानकारी दिएको छ।
त्यसैगरी, बैंकको संचालक समितिको सदस्यमा संस्थापक प्रतिनिधित्वबाट पूर्व सिईओ अनिल केशरी शाह निर्वाचित भएका छन्।
