नेपाली बजारमा लगातार उकालो लाग्दै नयाँ रेकर्ड कायम गरेको सुनचाँदीको मूल्य बिहीबार घटेको छ। अघिल्लो दिन तोलामा १ हजार ५०० रुपैयाँले बढेको सुनको मूल्य आज सोही दरले घट्दै बजारमा सन्तुलन देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा किनबेच भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १७० रुपैयाँले घट्दै ५ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
