राष्ट्रिय आर्थिक गणनाका लागि ४ हजार ४३९ कर्मचारी माग, राम्रो पारिश्रमिकसहित आवेदन खुला

राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि ४ हजार ४३९ जना करार कर्मचारीको माग गरेको छ।

सूचनाअनुसार, स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षणका लागि ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणकको आवश्यकता छ।

योग्यता र पारिश्रमिक:

  • सुपरिवेक्षक पद: न्यूनतम स्नातक तह उत्तीर्ण, मासिक पारिश्रमिक रु ३४,७३०।

  • गणक पद: न्यूनतम कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण, मासिक पारिश्रमिक रु ३२,९०२।

करार अवधि साढे दुई महिना रहने बताइएको छ।

आवेदन प्रक्रिया:

  • इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन्।

  • आवेदनको छनोट सर्टलिस्ट र अन्तर्वार्ताको आधारमा गरिनेछ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले यस अवसरलाई साथै अनुभव प्राप्त गर्ने मौका र राम्रो पारिश्रमिकको अवसर भएको बताएका छन्