कालिका लघुवित्तले १०% बोनस शेयर र नगद लाभांश पारित

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको छ। सभाले अध्यक्ष चन्द्र बहादुर क्षेत्रीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ।

सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार वित्तीय संस्थाको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) वितरण गर्ने निर्णय गरेको छ। बोनस शेयर जारी भएपछि संस्थाको चुक्ता पूँजी रु. ४४ करोड ८४ लाख ६१ हजार ५३५.२४ हुनेछ।

हाल संस्थापक समूहको शेयर स्वामित्व ६४.५२ प्रतिशत र सर्वसाधारण समूहको ३५.४८ प्रतिशत रहेकोमा, सभाले संस्थापक समूहको १० प्रतिशत शेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्ने निर्णय गरेको छ। यसपछि संस्थापक समूहको शेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत कायम हुनेछ।