काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् । उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले नेपाल न्यूज बैंकलाई जानकारी दिएका छन् ।

उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा–५ मा निर्वाचन लड्दै छन् । उनले महानगरमा साढे तीन बर्ष नेतृत्व गरेर संसदीय राजनीतिको यात्रा सुरु गर्न लागेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् ।
उनले मेयर पदबाट राजीनामा दिएर घण्टीघर पुगेका हुन् । उनी आजै औपचारिकरुपमा रास्वपा प्रवेश गर्ने कार्यक्रम रहेको छ । बालेनसँगै सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् ।
यसअघि मात्र गुरुङले बालेन र आफू आजै रास्वपा प्रवेश गर्न लागेको जनाएका थिए ।
बालेनलाई जनकपुरधाम विमानस्थलमा समर्थकहरुले गरे भव्य स्वागत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

आईतबार बेलुका जनकपुरधाम आइपुगेका बालेनलाई समर्थकहरुले विमानस्थलमै पुगि भव्य स्वागत गरेका छन् । बालेनलाई स्वागत गर्न पुगेको भीडलाई व्यवस्थापन गर्न नसक्दा विमानस्थल बाहिर निस्कने सिसाको ढोका फुटेको छ ।
बालेन भोली (सोमबार) जनकपुरधाममा आयोजना हुन लागेको परिवर्तनको उद्घोष सभामा सहभागी हुन आएका हुन । भोली हुने सभामा बालेनसहित, रवि लामिछाने र डि.पि अर्यालसहित १२ जना वक्ताहरुको सभहागीता हुने जनाइएको छ ।
