प्रहरी प्रशासनमा नयाँ रक्तसञ्चार: ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा

नेपाल प्रहरीले आवश्यकता अनुसार भन्दै २०८२ साल माघ महिनादेखिको तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी यो सरुवा गरेको हो । यस प्रक्रियामा धेरै जिल्लाका प्रहरी प्रमुखहरू फेरिएका छन्।

प्रमुख जिल्लाहरूमा खटिएका नयाँ एसपीहरू:

सरुवा भएका ४८ एसपीहरूमध्ये केही महत्त्वपूर्ण जिल्लाको जिम्मेवारी पाउने अधिकारीहरू यस प्रकार छन्:

  • झापा: बसुन्धरा खड्का
  • सिन्धुपाल्चोक: काजी कुमार आचार्य
  • इलाम: कुलदिप चन्द
  • रुपन्देही: जनक बहादुर शाही
  • सिरहा: बासुदेव पाठक
  • नुवाकोट: बिपिन रेग्मी
  • बारा: नरेन्द्र कुँवर
  • रौतहट: सिताराम रिजाल

यसबाहेक, कुलदिप चन्दलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागबाट जिल्ला प्रहरी कार्यालय इलाममा र बिपिन रेग्मीलाई प्रधान कार्यालय प्रवन्ध शाखाबाट नुवाकोट पठाइएको छ त्यस्तै, साविकमा नुवाकोटमा रहेका दुर्गाराज रेग्मीलाई लागू औषध नियन्त्रण ब्यूरोमा सरुवा गरिएको छ

जिल्ला कमाण्ड सम्हाल्ने नयाँ डीएसपीहरू:

६७ जना डीएसपीको सरुवा सूचीमा केहीले जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्:

  • रसुवा: अशोक थापा
  • लमजुङ: जितेन्द्र कुमार बस्नेत
  • पश्चिम रुकुम: बेद बहादुर पौडेल
  • दोलखा: मनोज कुमार लामा
  • तेह्रथुम: लक्ष्मण ओली
  • हुम्ला: शंकर खड्का
  • धनकुटा: ज्ञान कुमार महत्तो

अन्य महत्त्वपूर्ण सरुवामा कृष्ण कुमार चन्दलाई जनसेवा वृत्तबाट जिल्ला प्रहरी कार्यालय रुपन्देही र नवराज पोखरेललाई प्रहरी वृत्त महाराजगंज पठाइएको छ त्यस्तै, पुर्णिमा कुमारी चन्दलाई सातदोबाटो वृत्तको जिम्मेवारी दिइएको छ

प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागका अनुसार यो सरुवा नियमित प्रक्रियाको हिस्सा हो र यसले प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ

4_dsp

4_sp