नेपाली बजारमा ‘गृहलक्ष्मी’ ब्रान्डको एलपी ग्यास बिक्री गर्दै आएको गृहलक्ष्मी ग्यास कम्पनीले गत आर्थिक वर्षमा उच्च व्यावसायिक वृद्धि हासिल गरेको छ। कम्पनीले सन् २०२४ मा १ अर्ब २७ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो।
कम्पनीले पछिल्लो चार वर्षदेखि निरन्तर व्यापारिक ग्राफ बढाउँदै आएको छ। विवरण अनुसार सन् २०२३ मा १ अर्ब १६ करोड ७० लाख, सन् २०२२ मा १ अर्ब ३ करोड २० लाख, र सन् २०२१ मा ८१ करोड रुपैयाँ कारोबार भएको थियो। यसले गत आर्थिक वर्षमा कारोबारमा १२ प्रतिशतको वृद्धि देखाएको कम्पनीले जनाएको छ।
चार वर्षको कारोबार विवरण:
-
सन् २०२४ – १ अर्ब २७ करोड २० लाख
-
सन् २०२३ – १ अर्ब १६ करोड ७० लाख
-
सन् २०२२ – १ अर्ब ३ करोड २० लाख
-
सन् २०२१ – ८१ करोड
व्यापार बढे पनि कम्पनीले विगत तीन वर्षदेखि निरन्तर १ प्रतिशत हाराहारीमा मात्र खुद नाफा कमाउँदै आएको जनाएको छ।
सन् १९९४ मा स्थापना भएको गृहलक्ष्मी ग्यासले नेपाल आयल निगमबाट इजाजत प्राप्त गरी ग्यास रिफिलिङ र सिलिन्डर बिक्री वितरण गर्दै आएको छ। कम्पनीमा धर्मराज बर्तौलाको ६० प्रतिशत मुख्य स्वामित्व रहेको छ।
व्यवसाय विस्तारका लागि कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जा प्रयोजनार्थ कुल ५५ करोड रुपैयाँको रेटिङ गराएको छ। यसमा दीर्घकालीन कर्जाका लागि २० करोड र अल्पकालीन कर्जाका लागि ३५ करोड रुपैयाँ छुट्याइएको छ।
कम्पनीका अनुसार, “व्यापारिक ग्राफ निरन्तर बढिरहेको छ र दीर्घकालीन योजनाअनुसार नयाँ लगानी र विस्तारले अझै वृद्धि हुने अपेक्षा छ।”
