नेपालको अग्रणी मल्टि–ब्रान्ड इलेक्ट्रोनिक्स रिटेल चेन सीजी डिजिटलले आफ्नो सञ्जाल विस्तारलाई निरन्तरता दिँदै रुपन्देहीको बुटवलस्थित आदर्शनगर (ट्राफिक चोक, पाल्पा रोड) मा २८औँ अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ। सोनाम लोसारको शुभ अवसर पारेर सुरु गरिएको यो शोरुमको भव्य उद्घाटन विशेष समारोहका बीच सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय प्रमुख अतिथि रहेका थिए भने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, उद्योग व्यापार संघका अध्यक्ष लोकनाथ पन्थी तथा सीजी डिजिटलका महाप्रबन्धक बसन्त पाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। अतिथिहरूले संयुक्त रूपमा रिबन काटी शोरुमको उद्घाटन गरेका हुन्।
नयाँ शोरुममार्फत ग्राहकहरूले विश्वस्तरीय र भरपर्दा इलेक्ट्रोनिक्स ब्राण्डका उत्पादनहरू एकै स्थानमा पाउनेछन्। शोरुममा LG, CG, CG Meridia, TCL, Godrej, Beko, Midea, Sensei, Kent, Elica, Black+Decker, Crompton, Burly लगायतका ब्राण्डका घरायसी उपकरणहरू उपलब्ध छन्।
त्यसैगरी ग्याजेट पारखीहरूका लागि iPhone, Nothing, CMF, Motorola र AI+ का नवीनतम स्मार्टफोन तथा ग्याजेटहरू पनि प्रदर्शन तथा बिक्रीमा राखिएको छ।
ग्राहक केन्द्रित सेवा र सुविधा
सीजी डिजिटलले बुटवलबासी ग्राहकहरूको सहजताका लागि विभिन्न प्रिमियम सेवा तथा सुविधाहरू घोषणा गरेको छ। यस अन्तर्गत खरिद गरिएका सामानको नि:शुल्क डेलिभरी र दक्ष प्राविधिकद्वारा नि:शुल्क जडान, शून्य प्रतिशत ब्याजदरमा ईएमआइ सुविधा, नागरिकताको आधारमै किस्ताबन्दीमा सामान लैजान सकिने व्यवस्था, पुराना सामान साटेर नयाँ लिने एक्सचेन्ज सुविधा, नियमित ग्राहकका लागि लोयल्टी प्रोग्राम तथा सामानको आयु र कार्यक्षमता बढाउन नि:शुल्क प्रिभेन्टिभ मेन्टेनेन्स सेवा उपलब्ध गराइनेछ।
उद्घाटन अवसरका विशेष अफर
शोरुम उद्घाटनको अवसरमा सीजी डिजिटलले आकर्षक अफरहरू सार्वजनिक गरेको छ। ग्राहकहरूले अधिकतम खुद्रा मूल्यमा २५ प्रतिशतसम्मको छुट पाउनेछन् भने ठूला इलेक्ट्रोनिक्स सामान खरिद गर्दा आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्नेछन्।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको व्यावसायिक केन्द्रमा सीजी डिजिटलको नयाँ शोरुम सञ्चालनमा आउनुले उपभोक्तालाई गुणस्तरीय विकल्प प्रदान गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
