रेड्मी नोट १५ सिरिजसँगै शाओमीको नयाँ शक्ति

विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो बहुप्रतीक्षित रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। चार फरक मोडेल—रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी—सहित सार्वजनिक गरिएको यस सिरिजले विभिन्न स्तरका प्रयोगकर्तालाई लक्षित गर्दै अत्याधुनिक प्रविधि र मजबुत बनावट प्रस्तुत गरेको छ।

प्रो+ मोडेलमा नयाँ ब्याट्री प्रविधि

यस सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जी मा ६,५०० एमएएच क्षमताको सिलिकन–कार्बन (SiC) ब्याट्री प्रयोग गरिएको छ, जुन रेड्मी नोट सिरिजमै पहिलोपटक समावेश गरिएको प्रविधि हो। १०० वाट हाइपरचार्ज प्रविधिले करिब ४० मिनेटमै फोन फुल चार्ज गर्न सकिन्छ भने २२.५ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ।

सबै प्रो मोडेलमा प्रयोग गरिएको SiC ब्याट्रीले शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १,६०० चार्ज साइकलपछि पनि ८० प्रतिशतभन्दा बढी क्षमता कायम राख्ने कम्पनीको दाबी छ, जुन करिब ६ वर्षको सामान्य प्रयोग बराबर हो।

मजबुती र सुरक्षा

रेड्मी नोट १५ सिरिजले IP66, IP68, IP69 र IP69K प्रमाणीकरण प्राप्त गरेको छ। साथै, SGS–प्रमाणित २.५ मिटर ड्रप प्रतिरोध, कोर्निंग गोरिल्ला ग्लास Victus 2 र फाइबरग्लास–कम्पोजिट संरचनाले फोनलाई अझ बलियो बनाएको छ। शाओमीले यसलाई “रेड्मी टाइटन” अवधारणाका साथ प्रस्तुत गर्दै मजबुतीको नयाँ मापदण्ड स्थापित गरेको जनाएको छ।

प्रदर्शन, एआई र क्यामेरा

रेड्मी नोट १५ प्रो+ ५जी स्न्यापड्रागन 7s Gen 4 प्रोसेसरमा चल्छ र यसमा शाओमी हाइपर एआई (एआई राइटिङ, स्पीच रिकग्निसन, इन्टरप्रिटर) समावेश छ। साथै, नेटवर्क नहुँदा पनि किलोमिटर दूरीसम्म काम गर्ने अफलाइन कम्युनिकेसन सुविधा उपलब्ध छ।

यस मोडेलमा विश्वमै पहिलोपटक प्रयोग गरिएको २०० मेगापिक्सेल HPE इमेज सेन्सर सहितको क्यामेरा प्रणाली छ, जसमा OIS, २x र ४x अप्टिकल–लेभल इन–सेन्सर जुम रहेको छ।

६.८३ इन्चको १.५K एमोलेड डिस्प्लेले ३,२०० निट्स पिक ब्राइटनेस दिन्छ भने शाओमी आइसलुप कूलिङ सिस्टम ले उच्च प्रदर्शनका क्रममा ताप नियन्त्रण गर्छ। डुअल स्पिकरहरूले ४०० प्रतिशत भोल्युम बुस्टका साथ इमर्सिभ अनुभव दिन्छन्।

अन्य मोडेलका विशेषता

  • रेड्मी नोट १५ प्रो ५जी: २००एमपी क्यामेरा, मिडियाटेक डाइमेन्सिटी ७४०० अल्ट्रा चिपसेट, ६,५८० एमएएच SiC ब्याट्री, ४५ वाट चार्जिङ र उन्नत एआई क्रिएटिभ टूलहरू।

  • रेड्मी नोट १५ ५जी: ७.३५ मिमि पातलो डिजाइन, ५,५२० एमएएच ब्याट्री, १०८एमपी क्यामेरा, स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर र IP66 सुरक्षा।

  • रेड्मी नोट १५ ४जी: ६,००० एमएएच ब्याट्री, १०८एमपी क्यामेरा, मिडियाटेक हेलियो G100 अल्ट्रा, १२०Hz एमोलेड डिस्प्ले र ३३ वाट चार्जिङ।

सबै मोडेलमा गुगल जेमिनी, सर्कल टु सर्च, वेट टच २.० र शाओमी हाइपरओएस उपलब्ध छन्।

अफर र उपलब्धता

रेड्मी नोट १५ सिरिजको लन्च उत्सवको अवसरमा शाओमीले २०२६ जनवरी १९ देखि फेब्रुअरी १४ सम्म विशेष अफर सार्वजनिक गरेको छ। यस अवधिमा शाओमी बड्समा छुटसहित बन्डल अफर र सबै मोडेलमा ९ महिना ०% ईएमआई सुविधा उपलब्ध हुनेछ।

यो सिरिज नेपालभर टेलिडाइरेक्ट प्रा.लि. र वत्सल इम्पेक्स प्रा.लि. को डिलर नेटवर्कमार्फत उपलब्ध छ।
मूल्य विवरण यसप्रकार छः

  • रेड्मी नोट १५ प्रो+ ५जी: रु. ६६,९९९ (१२GB+५१२GB), रु. ५९,९९९ (८GB+२५६GB)

  • रेड्मी नोट १५ प्रो ५जी: रु. ५६,९९९ र रु. ४९,९९९

  • रेड्मी नोट १५ ५जी: रु. ४६,९९९ र रु. ३९,९९९

  • रेड्मी नोट १५ ४जी: रु. ३५,९९९ र रु. २९,९९९