ग्लोकल प्रालिको एक इकाई, ग्लोकल आफ्टर स्कूल द्वारा आयोजना गरिएको ‘स्किल विक २०२६’ को सातौँ संस्करण ललितपुरस्थित द प्लाजामा सोमबार भव्य समारोहका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रख्यात उद्यमी, सरकारी कूटनीतिज्ञ, र १०० भन्दा बढी उत्साही युवा सहभागी भएका थिए।
कार्यक्रम जनवरी ११ देखि १६ सम्म चलेको थियो र यस वर्ष यसलाई ‘इन्फोटेनमेन्ट हप्ता’ का रूपमा मनाइएको थियो। कार्यशाला, सिप-केन्द्रित प्रतियोगिता, प्रदर्शनी, सिकाइ सत्र, मनोरञ्जनात्मक गतिविधिहरू, रोजगार मेला, केस स्टडी प्रस्तुतीकरण, र सांगीतिक कन्सर्ट जस्ता गतिविधिहरू समावेश थिए।
कार्यक्रमको समापन समारोहमा ग्लोकल आफ्टर स्कूलद्वारा पाँच व्यक्तित्वहरूलाई ‘स्किल हिरो अवार्ड २०२६’ बाट सम्मान गरिएको थियो। विजेताहरू यस प्रकार छन्:
-
पर्यटन र आतिथ्य: ऋषभ अग्रवाल – सिल्क आर्टिसनल क्रिमरी
-
कला र संस्कृति: किशोर कायस्थ – मुस्ताङ नोस्टाल्जिया
-
उद्यमशीलता: अनुष्का श्रेष्ठ – मक्कुसे ब्राण्ड
-
विज्ञान र प्रविधि: समीर फुयाँल – बाइटकेयर टेक्नोलोजी
-
प्रशिक्षुता: सोनाम नेम्वाङ – डिजिटल सीप र सूचना प्रविधि
कार्यक्रमसँगै माघ २ गते पुल्चोकस्थित एम्बार्क कलेजमा ‘स्किल फेस्ट’ आयोजना गरिएको थियो। सोही दिन ‘सिइओ अनप्लग्ड’ को ११औँ संस्करण पनि सम्पन्न भयो। यस सत्रमा उद्योग र शिक्षा क्षेत्रका प्रमुख व्यक्तित्वहरूले प्यानल छलफलमा भविष्यको बजारमा सीपको महत्त्व र उद्योग–शिक्षा सम्बन्धी चुनौतीबारे विचार साझा गरेका थिए।
