एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र प्रिमियम बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ। बैंकले बदलिँदो जीवनशैली र ग्राहक आवश्यकतालाई ध्यानमा राख्दै ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड सार्वजनिक गरेको हो।
नयाँ कार्डहरूले ग्राहकको दैनिक बैंकिङ्ग अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकले व्यक्त गरेको छ। कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटमा आकर्षक छुटका साथै विमानस्थलमा लाउन्ज सुविधा प्राप्त गर्नेछन् (सर्तहरू लागू हुने)। विशेषगरी यात्रा गर्ने र बैंकिङ्ग सेवामा लचकता चाहने ग्राहकका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड उपयोगी हुने बैंकको भनाइ छ।
यी कार्डमार्फत ग्राहकहरूले नेपालभरका कुनै पनि बैंकको एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् भने भारतमा पनि नगद झिक्दा विशेष सहुलियत पाइनेछ। डिजिटल बैंकिङ्गमा अग्रस्थानमा रहँदै एनएमबि बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक सुविधाहरू उपलब्ध गराएको बताएको छ।
नयाँ कार्डको बारेमा थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकहरूले नजिकैको एनएमबि बैंक शाखा वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्। बैंकले हाल देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई भरपर्दो वित्तीय सेवा प्रदान गर्दै आएको छ।
