टिकटकले आफ्नो Q3 २०२५ समुदाय दिशानिर्देश कार्यान्वयन रिपोर्ट सार्वजनिक गर्दै प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माणमा निरन्तर प्रतिबद्धता देखाएको छ। यो रिपोर्ट जुलाई–सेप्टेम्बर २०२५ को डेटा समेटेको छ।
रिपोर्ट अनुसार नेपालमा कुल २,८२९,६१२ वटा भिडियोहरू सामुदायिक दिशानिर्देश उल्लङ्घनका कारण हटाइएका छन्। जुलाईदेखि सेप्टेम्बरसम्मको सक्रिय हटाउने दर ९९.७% कायम रह्यो भने तीमध्ये ९८% भिडियोहरू २४ घण्टाभित्रै हटाइएका थिए।
विश्वव्यापी स्तरमा यस त्रैमासमा २०४,५३४,९३२ भिडियोहरू हटाइएका छन्, जुन प्लेटफर्ममा अपलोड भएका सबै सामग्रीको करिब ०.७% हो। यीमध्ये १८६,६०८,०८१ भिडियोहरू स्वतः पहिचान प्रणाली मार्फत हटाइएका हुन् भने ८,९५०,७३५ भिडियोहरू थप समीक्षा पश्चात पुन:स्थापित भएका छन्।
सक्रिय हटाउने दर ९९.३% रहँदा ९४.८% flagged सामग्री पोस्ट भएदेखि २४ घण्टाभित्र हटाइएको छ। टिकटकले यस त्रैमासमा ११८,६१८,३९९ नक्कली खाताहरू र २२,२२६,५४२ १३ वर्ष मुनिका संदेहास्पद खाताहरू पनि हटाएको छ।
हटाइएका भिडियोहरूको ३०% मा संवेदनशील वा प्रौढ सामग्री थियो, १५.७% भिडियोहरूले सुरक्षा र सभ्यताको मापदण्ड उल्लङ्घन गरेका थिए, २.७% ले गोपनीयता तथा सुरक्षा नीति उल्लङ्घन गरेका थिए। थप रूपमा, ३२.९% भिडियोहरू गलत जानकारी (मिसइन्फर्मेसन) र ३४.४% भिडियोहरू सम्पादन गरिएका वा एआई-निर्मित सामग्री थिए।
टिकटकको समुदाय दिशानिर्देश कार्यान्वयन रिपोर्टले सामग्री र खातामा भएको कार्यहरूको विस्तार तथा प्रकृति प्रष्ट पार्दै पूर्ण पारदर्शितामा टिकटकको प्रतिबद्धता देखाउँछ।
टिकटक शॉर्ट-फर्म मोबाइल भिडियोको प्रमुख प्लेटफर्म हो, जसको मुख्यालय लस एन्जलस र सिंगापुरमा छ। यसका कार्यालय न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सोल र टोकियोमा रहेका छन्।
टिकटकको Q3 २०२५ रिपोर्ट र थप जानकारीको लागि टिकटक ट्रान्स्परेन्सी सेन्टरको भ्रमण गर्न सकिन्छ।
