विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा” अभियानअन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि विशेष सुरक्षा तालिम सफलतापूर्वक आयोजना गरेको छ। यस पहलमार्फत इनड्राइभले चालक सशक्तिकरण, सडक सुरक्षा प्रवर्द्धन तथा समुदायको दीर्घकालीन कल्याणप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
तालिम सत्र ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमको पालना, जिम्मेवार ड्राइभिङ तथा पेशागत आचरणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो। यसले सुरक्षित, विश्वसनीय र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकहरूको भूमिकालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
इनड्राइभले नियमित र गुणस्तरीय सुरक्षा तालिमलाई प्राथमिकतामा राख्दै आफ्ना ड्राइभरहरूलाई आर्थिक रूपमा मात्र नभई आत्मविश्वासी, सचेत र वास्तविक सडक चुनौती सामना गर्न सक्षम बनाउने लक्ष्य लिएको छ।
यस पहलको महत्वपूर्ण विशेषता इनड्राइभको ‘स्वतन्त्र छनोट’ मोडेल हो, जसले ड्राइभरहरूलाई यात्रासम्बन्धी निर्णयहरू स्वतन्त्र रूपमा लिन सक्ने अधिकार दिन्छ। सुरक्षा शिक्षालाई स्वायत्ततासँग जोड्दै इनड्राइभले सेवा गुणस्तरमा सम्झौता नगरी दिगो र न्यायपूर्ण मोबिलिटी प्रणाली प्रवर्द्धन गरिरहेको छ।
सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सत्र नेपाल ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए। उनीहरूले सुरक्षित सडक सुनिश्चित गर्न प्लेटफर्म, चालक र सम्बन्धित निकायबीचको सहकार्यको महत्वमा जोड दिए।
इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, “इनड्राइभका लागि चालक सशक्तिकरण भनेको केवल प्रविधि वा आम्दानीको अवसर होइन, यो सुरक्षित र दिगो मोबिलिटी संस्कृतिको विकाससँग जोडिएको विषय हो।” उनले थपिन्, “यस्ता तालिमहरूले चालकहरूलाई आत्मविश्वासी, सचेत र पेशागत बनाउँछ, जसको प्रत्यक्ष सकारात्मक प्रभाव यात्रु अनुभवमा देखिन्छ।”
इनड्राइभले ड्राइभर पार्टनर्सलाई सेवाको मेरुदण्डका रूपमा उच्च सम्मान गर्दै उनीहरूको सुरक्षा, सीप विकास र सशक्तीकरणलाई सधैं प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस पहलमार्फत इनड्राइभले नेपालमा सुरक्षित, समावेशी र विश्वासयोग्य राइड–हेलिङ समुदाय निर्माण गर्ने आफ्नो दृष्टिकोणलाई अझ बलियो बनाएको छ।
