नेपालमा विद्युतीय सवारीको लोकप्रियता बढ्यो, पुसमा १ हजार बढी ईभी आयात

नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रतिको आकर्षण लगातार बढ्दै गएको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ६ महिनामा (साउनदेखि पुस मसान्तसम्म) कुल ५,०७१ युनिट विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका छन्।

भन्सार विभागका पछिल्लो तथ्यांक अनुसार, पुस महिनामा मात्र १,२७३ युनिट ईभी आयात भएका छन्। यसअघि मंसिर मसान्तसम्म ३,७९८ युनिट ईभी नेपाल भित्रिएका थिए।

आयात भएका ईभीको क्षमता अनुसार विवरण यस प्रकार छ:

  • ५० किलोवाट सम्म: १,५८५ युनिट

  • ५१–१०० किलोवाट: ३,०१७ युनिट

  • १०१–२०० किलोवाट: ४६३ युनिट

  • २०१–३०० किलोवाट: ६ युनिट

भन्सार विभागका अनुसार, मंसिरको तुलनामा पुस महिनामा सबै समूहको आयातमा वृद्धि देखिएको छ। विशेष गरी ५१–१०० किलोवाट क्षमताका ईभीको माग बजारमा उच्च रहेको तथ्यांकले देखाएको छ।