काठमाडौं/ सानिमा बैंकले बिगमार्टमा क्यासब्याक योजनाको पहिलो चरणको सफलतापश्चात् समय थप गरी योजना पुन: सञ्चालन गरेको छ । योजनाअन्तर्गत, बैंकका ग्राहकले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्म क्यासब्याक पाउने व्यवस्था गरेको छ । यो योजना ०८३ असारसम्मका लागि लागू हुने बैंकले जनाएको छ ।
