मञ्जुश्री फाइनान्स लिमिटेडको २८औँ शाखा थापाथलीमा

काठमाडौं/ मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो २८औँ शाखा थापाथलीस्थित आफ्नै भवनमा सञ्चालनमा ल्याएको छ । केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएपछि फाइनान्सले बिहीबारबाट शाखा पनि सञ्चालन गरेको हो ।

हालसम्म २७ वटा शाखा तथा एक एक्सटेन्सन काउन्टर फाइनान्सले सेवा प्रदान गर्दै आएको छ । पुस मसान्तसम्ममा फाइनान्सले २४ अर्ब तीन करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २०.३ रुपैयाँ रहेको छ । पुस मसान्तको कुल नाफा १३ करोड ५४ लाख रहेको फाइनान्सले जनाएको छ ।