रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच तेस्रो नेसनल इन्स्योरेन्स डिस्कोर्सको अवसरमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। यस सहकार्यलाई नेपालको जीवन बीमा तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
सम्झौताअनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमा पोलिसी खरिदकर्ता, कर्मचारी तथा अभिकर्ताले कुमारी बैंकमार्फत भर्चुअल फोनपे क्रेडिट कार्ड सहज रूपमा प्राप्त गर्न सक्नेछन्। डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढाउने र वित्तीय सेवामा आम नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले यो पहल अघि बढाइएको हो।
सम्झौता कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले यस सहकार्यलाई ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे। उनले प्रविधिमैत्री र नवीन सेवामार्फत ग्राहक सन्तुष्टि तथा डिजिटल रूपान्तरणलाई उच्च प्राथमिकतामा राख्दै अघि बढिरहेको बताए। उनका अनुसार यस पहलले कम्पनीका ग्राहक, कर्मचारी र अभिकर्तालाई थप सुविधा र वित्तीय पहुँच प्रदान गर्नेछ।
यस सम्झौताबाट रिलायबल नेपाल लाइफसँग आबद्ध ग्राहक तथा सरोकारवालाले आधुनिक डिजिटल भुक्तानी सेवाको लाभ लिन सक्ने विश्वास दुवै संस्थाले व्यक्त गरेका छन्। बैंकास्योरन्स र डिजिटल वित्तीय सेवाको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने दिशामा यो सहकार्य महत्वपूर्ण कदम भएको बताइएको छ।
कुमारी बैंक, फोनपे र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि प्रविधिमैत्री, ग्राहककेन्द्रित तथा नवीन वित्तीय सेवाहरू विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।
