नेपालमा स्मार्टफोनको माग र आकर्षण निरन्तर बढ्दो क्रममा रहेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा (साउन–पुस) नेपालमा २३ अर्ब २९ करोड ८३ लाख रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ।
यस अवधिमा कुल १२,५२,६३४ वटा मोबाइल सेट नेपाल भित्रिएका छन्। पुस महिनामा मात्र १,८१,९५४ युनिट मोबाइल फोन आयात भएको छ, जसले रु. ४ अर्ब १६ करोड बराबरको योगदान दिएको छ। सरकारलाई प्राप्त कुल राजस्व रु. ४ अर्ब ३४ करोड ५९ लाख पुगेको छ।
नेपालमा मोबाइल फोन मुख्यत: चीन र भारत बाट आयात हुन्छ:
-
चीन: १० लाख ६१ हजार ४५ युनिट
-
भारत: १ लाख ८६ हजार ७०३ युनिट
अन्य स्रोत मुलुकहरूमा अमेरिका, यूएई, जापान, कोरिया, अस्ट्रेलिया र बेलायत रहेका छन्।
बजारमा ब्रान्डको हिस्सा विश्लेषण गर्दा:
-
सामसुङ: बजेट र मध्यम मूल्यका फोनमा संख्यामा वर्चस्व, यसको पछि शाओमी, ओप्पो, भिभो र रियलमी बिक्रीमा अग्रस्थानमा।
-
एप्पल (आईफोन): प्रिमियम वर्गमा माग उच्च, बिक्री संख्या कम भए पनि मूल्य महँगो भएकाले आयात मूल्यमा ठूलो हिस्सा ओगटेको।
५जी प्रविधिको विस्तारसँगै आगामी दिनमा स्मार्टफोनको माग अझै बढ्ने प्रक्षेपण गरिएको छ।
