फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) खुद नाफा ३४.६३ प्रतिशतले वृद्धि गर्दै ७ करोड ४ लाख रुपैयाँमा पुर्याएको छ। गत वर्ष सोही अवधिमा संस्थाको खुद नाफा ५ करोड २३ लाख रुपैयाँ थियो।
संस्थाको नाफा सुधारमा मुख्य भूमिका संचालन आम्दानीले खेलेको हो। यद्यपि ब्याज आम्दानी १२.५४ प्रतिशतले घटेर ९ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ, गत वर्ष सोही अवधिमा यो ११ करोड १४ लाख थियो।
फर्स्ट माइक्रोफाइनान्सको प्रोभिजनिङ बढेको छ। पुस मसान्तसम्म संस्थाले ३ करोड ४ लाख रुपैयाँ नोक्सानी राइट ब्याक गरेको छ। खराब कर्जा पनि बढेर ४.५२ प्रतिशत पुगेको छ, जसको गत वर्ष ४.४४ प्रतिशत थियो।
संस्थाको प्रति सेयर नेटवर्थ १२८.२१ रुपैयाँ र कुल नेटवर्थ १०.४७ करोड रुपैयाँ रहेको छ। पुस मसान्तसम्म वितरणयोग्य मुनाफा ४ करोड ७५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको ३ करोड ९४ लाख रुपैयाँभन्दा उल्लेख्य वृद्धि हो।
