बजार अनुगमनः कार्टस इन्टरप्राइजेजलाई जरिवाना, अन्यलाई निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन र निरीक्षणका क्रममा कार्टस इन्टरप्राइजेज प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्ममाथि कारबाही गरेको हो।

अनुगमनको क्रममा फर्ममा केही उल्लङ्घन भेटिएपछि आवश्यक कारबाही गरिएको विभागले जनाएको छ। यस अभियानअन्तर्गत काठमाडौँका १७ वटा फर्महरूमा निरीक्षण गरिएको थियो।

अन्य १६ वटा फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ। विभागले स्थानीय प्रशासन, सरोकारवाला निकाय र उपभोक्ता अधिकारकर्मीहरूको सहकार्यमा निरन्तर बजार अनुगमन र सुधारात्मक अभियान जारी राखेको छ।

विभागका अनुसार यस्तो अनुगमनले उपभोक्तालाई सुरक्षित, पारदर्शी र गुणस्तरीय सेवा उपलब्ध गराउने दिशामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।